टी-ट्वेन्टी विश्वकपमा आज दुई खेल हुँदै

काठमाडौँ । आईसीसी टी-ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो चरणको समूह ‘बी’ अन्तर्गत आज स्कटल्याण्ड र पपुवा न्यूगिनी तथा ओमान र बंगलादेशबीच खेल हुने भएको हो ।

स्कटल्याण्ड र पपुवा न्यूगिनी (पीएनजी)बीचको खेल नेपाली समय अनुसार ३ः४५ बाट सुरु हुनेछ । दुवै टोलीको यो दोस्रो खेल हो ।

त्यसैगरी दोस्रो खेल ओमान र बंगलादेशबीच साँझ ७ः४५ बजे सुरु हुनेछ । ओमान लगातार दोस्रो जितको खोजीमा हुनेछ । बंगलादेश भने पहिलो जितको खोजीमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *