टी-ट्वेन्टी विश्वकप: श्रीलंकाको विजयी सुरुवात

काठमाडौँ । आईसीसी टी(ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत पहिलो चरणको खेलमा श्रीलंकाले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा श्रीलंकाले नामिबियालाई ७ विकटले हराएको हो ।

शेख जायद क्रिकेट स्टेडियममा नामिबियाले दिएको ६७ रनको लक्ष्य श्रीलंकाले १३ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले १९ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै ९६ रन बनायो ।

जितसँगै प्रतियोगिताको समूह ‘ए’मा रहेको श्रीलंका २ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । नामिबियाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *