भेन्टिलेटरमा उपचाररतको सङ्ख्या शून्य    

तनहुँ । तनहुँमा कोरोना सङ्क्रमण भई भेन्टिलेटरमा उपचाररत बिरामीको सङ्ख्या शून्य दरमा झरेको छ । जिल्लाका भेन्टिलेटरसहितको अस्पतालमा कोरोना सङ्क्रमणका बिरामी उपचारमा नआएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

कोरोना पोजेटिभ भई हाल होम आइसोलेसनमा रहेका ७५ जना रहेका छन् । जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकामा ३०, शुुक्लागण्डकीमा १९, भिमादमा नौ, म्याग्देमा सात, भानुमा पाँच, बन्दीपुरमा दुई र देवघाट, आँबुखैरेनी र ऋषिङ गाउँपालिकामा एक÷एक जना रहेका छन् ।

आइतबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । व्यास नगरपालिकामा २०, शुक्लागण्डकी नगरपालिका–९, भिमाद नगरपालिकामा तीन, म्याग्दे गाउँपालिकामा चार, ऋषिङगाउँपालिकमा एक जना रहेका छन् । जिल्लाको घिरिङ गाउँपालिकमा भने कोरोनाको सङ्ख्या दर शून्य रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *