साफको उपविजेता राष्ट्रिय फुटबल टिमलाई स्वदेशमा स्वागत (तस्बिरहरू)

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलको उपविजेता नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ ।

सोमबार त्रिभुवन विमानस्थलमा आइपुगेको नेपाली टिमलाई खेलकुद मन्त्री महेश्वर गहतराज, अखिल नेपाल फुटबल संघ एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहलगायतले स्वागत गरेका थिए ।

खेलाडीलाई स्वागत गर्न ठुलो सङ्ख्यामा फुटबल समर्थकहरू पनि विमानस्थलमा पुगेका थिए । नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र खेलाडी रोहित चन्द भने टिमसँगै नेपाल फर्किएनन् ।

चन्द लिग खेल्न इन्डोनेसिया फर्किएका छन् भने प्रमुख प्रशिक्षक अल्मुताइरी नेपाल आउने नआउने टुङ्गो लागिसकेको छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *