रोहित मालदिभ्सबाटै इन्डोनेसिया जाने

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी राेहित चन्द साफ च्याम्पियनसिप खेलेर उतैबाट इन्डोनेसिया जाने भएका छन् । इन्डोनेसियाको पर्सिया जकार्ताबाट व्यावसायिक फुटबल खेल्दै आएका रोहित माल्दिभ्सबाटै इन्डोनेसिया गएका हुन् ।

उनले फेसबुकमा सबैको माया र हौसलाले साफ च्याम्पियनसिपको फाइनल पुगेको तर इतिहास रच्ने सुनौलो अवसरबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै अब क्लबको जिम्मेवारी पूरा गर्न इन्डोनेसिया जान लागेको उल्लेख गरेका छन् । साफ च्याम्पियनसिपको उपबिजेता बनेको नेपाली टिम साेमबार बिहान स्वेदश आइपुगेको छ ।

उनको स्टाटस-

समस्त फुटबलप्रेमी नेपालीहरुको माया र हौसला सहित साफ च्याम्पियनसिप (SAFF CHAMPIONSHIP) को फाइनल सम्मको यात्रा तय गर्न सफल भयौं तर इतिहास रच्ने सुनौलो अवसर बाट चुक्यौ।राष्ट्रिय टोलिको सदस्यको रुपमा सगौरव देशप्रतिको जिम्मेवारी पूरा गरि क्लब Persija को जिम्मेवारी पूरा गर्न मालदिभ्सबाट इन्डोनेशिया प्रस्थान गर्दैछु। मलाई अनि सम्पुर्ण नेपाली टिमलाई माया गर्नु हुने सम्पूर्णलाई हृदयदेखिनै धन्यवाद दिन चाहान्छु।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *