न्युकासलको मैदानमा टोटनह्यामको जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले न्युकासल युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामले घरेलु टोली न्युकासललाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा टानगाय एनडोमबेले, ह्यारी केन र सन हेंग मीनले एक/एक गोल गरेका थिए । त्यस्तै न्युकासलका लागि कलुम विल्सनले एक गोल गरेका थिए भने एक गोल टोटनह्यामका एरिक डायरले आत्मघाती गोल गरेका थिए ।

खेलमा न्युकासलका जोन्जो शेल्भेले खेलको ८३औ मिनेटमा रातो कार्ड पाएका थिए । यो जितपछि टोटनह्यामको ८ खेलमा १५ अंक भएको छ भने लिगमा पाँचौँ स्थानमा रहेको छ । न्युकासलको भने ८ खेलमा केबल ३ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *