कोरोना अपडेट : ३९१ जनामा संक्रमण, ६ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार ६,९६६ जनाको पीसीआर परीक्षण गर्दा ३८५ जना र १,१११ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने ६८० जना निको भएका छन् । आइतबार (आज) थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ लाख ५ हजार ४३ पुगेको छ ।

योसँगै नेपाल मृत्यु हुनेको संख्या ११,२८४ पुगेको छ भने ७ लाख ८१ हजार ५४६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयकाअनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २९७ जना रहेका छन् । जसमध्ये ११ हजार २७८ जना होम आइसोलेसनमा रहेका छन् भने १०१९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये २९९ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *