लेस्टर सिटीसँग म्यानयू स्तब्ध, सिटी दोस्रो स्थानमा उक्लियो

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडको अपराजित यात्रा समाप्त भएको छ। शनिवार भएको खेलमा युनाईटेड लेस्टर सिटीसँग ४-२ ले पराजित भयो। लेस्टरको घरेलु मैदान किंग पावर स्टेडियममा सुरुवाती अग्रताका बाबजुद युनाईटेड पराजित भएको हो।

अर्को खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २-० ले पराजित गर्दै लिग अङ्क तालिका सुधार गर्‍यो। युनाईटेडलाई म्यासन ग्रिनउडले १९ औ मिनेटमा अग्रता दिलाएका थिए। तर योरी तिलेमान्सले ३१ औ मिनेटमा बराबरीमा ल्याए। पहिलो हाफमा १-१ को बराबरी भएको खेलमा दोस्रो हाफमा लेस्टरले अग्रता बनायो।

लेस्टरका लागि टर्किस खेलाडी कागलर सोयनसुले अग्रता दिलाए। उनले उनले आयोज परेजको पासलाई सदुपयोग गरेका थिए। यद्यपि सब्सटिच्युट खेलाडीका रूपमा मैदान छिरेका मार्कुस रासफोर्डले ८२ औ मिनेटमा युनाईटेडलाई पुन बराबरीमा ल्याए।

तर जेमी भर्डीले एक मिनेट पछिनै खेलमा पुन अग्रता बनाउँदै ३-२ को अबस्थामा पुर्या ए। अतिरिक्त समयमा पासोन डाकाले गोल गरेपछि लेस्टरले फराकिलो अग्रता बनाउन सफल रह्यो।

सिटीको सहज जित

प्रिमियर लिग अन्तर्गत नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २-० ले पराजित गर्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। उसको लिभरपुल समान ८ खेलबाट १७ अङ्क भएको छ। शीर्ष स्थानको लिभरपुलको १८ अङ्कका साथ शीर्ष स्थानमा छ।

सिटीको घरेलु मैदानमा भएको खेलमा बर्नान्डो सिल्भाले १२ औ मिनेटमानै सिटीलाई अग्रता दिलाएका थिए। तर त्यसपछि अधिकासं समयमा सिटीले खेल नियन्त्रणका बाबजुद थप गोल गर्न सकेन। खेलको ७० औ मिनेटमा केविन डि ब्रयनले दोस्रो गोल गर्दा सिटीले सहज रूपमा तीन अङ्क हासिल गर्न सफल भयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *