साफ च्याम्पियनसिप : नेपाल उपविजेता, भारतसँग ३-० ले पराजित

काठमाडौँ ।

साफ च्याम्पियनसिपको फाइनलमा नेपाल उपविजेता बनेको छ । फाइनलमा भारतसँग ३-० ले पराजित भएसँगै नेपाल उपविजेतामा सीमित बनेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा भारतले दोस्रो हाफमा तीन गोल गरेको हो । यससँगै भारत आठौँपटक साफ च्याम्पियनसिपको विजेता बन्न सफल भएको छ । नेपाल फाइनलमा पुगेको यो पहिलोपटक थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *