फिरमिनोको ह्याट्रिकमा लिभरपुलको प्रभावशाली जित

काठमाडौँ । रोबर्टो फरिमिनोले ह्याट्रिक गरेपछि लिभरपुलले वार्डफोर्डमाथि ५-० को प्रभावशाली जित निकालेको छ। लिभरपुलको जितमा थप दुई गोल साडिओ माने र मोहम्मद सलाहको नाममा रह्यो।

माने प्रिमियर लगमा १०० गोल पुरा गर्न सफल भए। उनले ९ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए। उनी प्रिमियर लिगमा सयौँ गोल पुरा गर्ने तेस्रो अफ्रिकन खेलाडी बने। त्यस्तै लिभरपुलका स्टार स्ट्राइकर मोहम्मद सलाहले ५४ औ मिनेटमा गोल गर्दै आफ्नो निरन्तर गोल यात्रा जारी राखे।

सलाहले प्रिमियर लगम सर्वाधिक गोल गरेका अफ्रिकन खेलाडी डिडिओ ड्रोग्बाको कीर्तिमान बराबरी समेत गरे। ड्रोग्बाले प्रमियर लिगमा १०४ गोल सहित सर्वाधिक गोल गर्ने अफ्रिकन खेलाडीका रूपमा रहेका थिए। उनको उक्त कीर्तिमान सलाहले भेटेका हुन्।

त्यस्तै फिरमिनोले ३७ औ मिनेटमा दोस्रो गोल गर्दा ५२ र अतिरिक्त समयमा गोल गर्दै ह्याट्रिक पुरा गरे। फिरमिनोले यसअघि २०१८ मा ह्याट्रिक गरेका थिए। यो जित सँगै लिभरपुले सबै ६ अवे खेलमा ३ गोल भन्दा बढी स्कोर गर्न सफल भयो।

साथै लिभरपुल ८ खेल सम्म आफ्नो अपराजित यात्रा कायम राख्न सफल भयो। उसले लिग अङ्क तालिकामा १८ अङ्क बनाएको छ। जसमा ५ जित र तीन बराबरी रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *