साफ फाइनल : पहिलो हाफ गोलरहित बराबरी

काठमाडौँ । जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल र भारत भिडिरहेका छन्। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। दुवै टी मले गोलका केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेनन्।

तुलनात्मक रूपमा पहिलो हाफमा भारतले नेपालमाथि दबाब बढाए पनि गोल गर्न असफल रह्यो। वर्षाका कारण मैदानमा खेलाडीले केही असहज महसुस गरे पनि दुवै टिम गोलका लागि प्रयास गरेका थिए।

जारी प्रतियोगिता  नेपाल र भारत सहित ५ राष्ट्रको सहभागिता रहेको थियो जहाँ राउन्ड रोबिन लिगको आधारमा शीर्ष दुईमा रहँदै नेपालले पहिलो पटक साफको फाइनलमा प्रतिस्पर्धा गरेको हो। भारत साफमा सात पटकको च्याम्पियन हो। यसअघि समुहचरणको खेलमा भारतले नेपाललाई १-० ले पराजित गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *