थप १४७ जनामा काेराेना सङ्क्रमण, १ जनाको मृत्यु

काठमाडौँ। पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १७७३ नमुनामध्ये १४४६ पीसीआर परीक्षण गर्दा १३६ जना र ३२७ एन्टिजेन परीक्षण गर्दा ११ गरी १४७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ भने ८४५ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन्। हाल देशभर १२ हजार ५९८ जना  सक्रिय सङ्क्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *