राष्ट्रिय महिला क्रिकेट : अन्तिम प्रशिक्षणका लागि २४ जना छनोट 

काठमाडौँ । आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोट खेल्ने राष्ट्रिय महिला क्रिकेट टिमको अन्तिम चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले शनिवार अन्तिम चरणको प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरिएको जनाएको हो ।

 जसमा कप्तान रुबिना क्षेत्रीसहित काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, सङ्गिता राई, सरस्वती चौधरी छन् । यस्तै अनुराधा चौधरी, अश्मिना कर्माचार्य, कन्चन श्रेष्ठ, सरस्वती जीएम,  रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुवर, डलि भट्ट, बिन्दु रावल, ममता चौधरी, सीता राना मगर, ज्योति पाण्डे, इश्वरी विष्ट, करुणा भण्डारी र सरिता मगर टिममा रहेका छन् ।

अन्तिम चरणको बन्द प्रशिक्षण कात्तिक ३ गतेबाट काठमाडौँमा सुरु हुने क्यानले जनाएको छ । प्रतियोगिता आगामी नोभम्बरमा युएईमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *