अल्मुताइरीलाई कारबाही गर्न मिल्दैन, यसबारे नेपालले कुरा उठाउनुपर्छ : गणेश थापा 

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापाले दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले नेपालका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई भारतसँगको फाइनल खेलमा टचलाइनमा जान नपाउने गरी गरेको प्रतिबन्ध गलत भएको बताएका छन् ।

हरेक प्रतियोगिताका लागि बेग्लाबेग्लै नियमावली बनाइएको हुने उल्लेख गर्दै थापाले असाधारण अवस्था आएको भन्दा बाहेक अवस्थामा एसियाली फुटबल महासंघ र अन्तर्राष्ट्रिय फुटबल महासंघको नियमावली देखाएर कारबाही गर्न नमिल्ने बताएका हुन् ।

यो निर्णय साफले तुरुन्त सच्याउनुपर्ने र माल्दिभ्समै रहेको अखिल नेपाल फुटबल महासंघ (एन्फा)का पदाधिकारीले यसबारे साफ, एएफसी र फिफामा कुरा उठाउनु पर्ने थापाको भनाइ छ ।

फेसबुकमा थापाको स्ट्याटस 

साफ को नियमावली अनुसार कुनै पनि हालतमा नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक Almutari लाइ कारबाही गर्न मिल्दैन। साफ ले तुरुन्त आफ्नो निर्णय सच्याउनु पर्दछ। एन्फा नेतृत्व स्वयं माल्दिभ्समा भएको अवस्थामा साफको बैठकमा र एफसी तथा फिफा मा कुरा गर्नु पर्दछ।

होइन भने नेपालका मुख्य प्रशिक्षकलाई र नेपाललाइ ठूलो अन्याय हुनेछ। हरेक प्रतियोगिताको छुट्टाछुट्टै नियमावली बनाएको हुन्छ असाधारण परिस्थिति आएको अवस्थामा बाहेक एफसी र फिफाको को नियमावली देखाएर कारबाही गर्न मिल्दैन।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *