२२ खेलमा केवल २ जित हात पारेको नेपाललाई अर्को अवसर

काठमाडौँ । साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले शनिवार (आज) राती भारतसँग खेल्दैछ । साफ च्याम्पियनसिपको सर्वाधिक सफल (७ पटकको च्याम्पियन) भारत र पहिलो पटक फाइनल पुगेको नेपाल उपाधिका लागि खेल्न लागेका हुन् ।

यसअघि लिग चरणमा नेपाललाई भारतले १-० ले हराएको थियो । लिगका सुरुका २ खेलमा जित निकालेको नेपाल भारतसँग पराजित भएको थियो भने बंगलादेशसँग बराबरी खेल्दै फाइनलमा पुगेको हो । त्यस्तै श्रीलंका र बंगलादेशसँग बराबरी खेलेको भारत नेपाल र माल्दिभ्सलाई हराउँदै अन्तिम २ मा पुगेको हो ।

फाइनल पुगेर इतिहास बनाएको नेपाल उपाधि जित्दै आफूलाई दक्षिण एसियाको च्याम्पियन बनाउन चाहन्छ भने सधैँ यो क्षेत्रको पावर हाउसका रूपमा रहँदै आएको भारत फेरि एक पटक च्याम्पियन बन्ने धुनमा हुनेछ ।

केही समय मात्र अघि नेपालले भारतसँग काठमाडौँमा मैत्रीपूर्ण दुई खेल खेलेको थियो । जसमा एक खेल बराबरीमा सकियो भने अर्को खेलमा भारत विजयी भएको थियो ।

२०१३ को त्यो जित

सन् २०१३ मा नेपालमा भएको साफ च्याम्पियनसिपमा नेपालले भारतलाई हराउँदै ऐतिहासिक रूपमा सेमिफाइनल नेपाल प्रवेश गरेको थियो । साफ च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको यो पहिलो जित थियो भने समग्रमा दोस्रो जित ।

त्यसअघि सन् १९९३ मा टाई ब्रेकर भारतलाई हराउँदै नेपालले सागमा दोस्रो स्वर्ण जितेको थियो । त्यसयताका ८ वर्षमा फेरि नेपालले उक्त इतिहास दोहोर्‍याउन सकेको छैन ।

 त्यसैले यो पटक ८ वर्षपछि नेपाल भारतलाई पराजित गर्ने अवसर पाएको छ ।  आज विजयी भए नेपालले ८ वर्षपछि भारतलाई हराउने मात्र छैन साफ च्याम्पियनसिपको उपाधि पहिलो पटक उचाल्नेछ ।

२२ पटक प्रतिस्पर्धा, मात्र २ जित

नेपाल र भारतले अहिलेसम्म २२ पटक प्रतिस्पर्धा भएको छ । जसमध्ये अधिकांश खेल दक्षिण एसियाली  प्रतियोगितामा नै भएका छन् । नेपाल र भारतले यसअघि ८ पटक साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका छन् ।

त्यसबाहेक दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा ७ पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाँच पटक र विश्वकप छनोटमा दुई पटक र एक पटक एसियन गेममा प्रतिस्पर्धा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *