बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु

काठमाडौँ । मकवानपुरको रातोमाटेमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका वडा नामनिशान-१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्कर मोटरसाइकलमा सवारमा हेटौँडा-१५ प्रनेस बस्ने १८ वर्षीय प्रकाश दियाली र हेटौँडा-३ बस्ने २२ वर्षीय सुशान्त दियालीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका दुवै युवकको उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । दुवै जना युवकको शव हेटौँडा अस्पतालको शव गृहमा राखिएको छ । ठक्कर दिने बस तथा चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *