चेन्नईले जित्यो आइपिएलको उपाधि

काठमाडौँ । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा चेन्नईले कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै उपाधि जितेको हो ।

चेन्नईले दिएको १९३ रनको लक्ष्य पछाएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्र बनाएको थियो । कोलकाताका लागि शुभमन गीलले ५१ र वेंकटेश अय्यरले ५० रन बनाएका थिए । त्यस्तै शिभम माभीले २० र लुकी फर्गुशनले १८ रन बनाएका थिए । कोलकाताका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

त्यस्तै चेन्नईका बलर शार्दुल ठाकुरले ३ विकेट लिए भने रवीन्द्र जडेजा र जोश हजेलवूडले २-२ विकेट लिए । त्यस्तै दीपक चहर र डवाने ब्राभोले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाउँदै १९३ रन बनाएको थियो । चेन्नईका लागि फाफ डुप्लेसिसले सर्वाधिक ८६ रन बनाएका थिए । डुप्लेसिसले ५९ बलमा ३ छक्का र ७ चौका प्रहार गरेका थिए । त्यस्तै मोईन अल्लीले अविजित ३७ रन बनाए भने रुतुराज गायकवाडले ३२ रन बनाए भने रोबिन उथप्पाले ३१ रन बनाएका थिए ।

त्यस्तै कोलकाताका बलर सुनिल नारायणले २ विकेट लिए भने शिभम माभीले एक विकेट लिए । योसँगै चेन्नईले चौथो पटक आइपिएलको उपाधि जितेको छ । यसअघि चेन्नईले २०१०, २०११ र २०१८ मा आइपिएलको उपाधि जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *