थप २७२ जनामा कोरोना‚ ७७७ संक्रमणमुक्त

काठमाडौँ । नेपालमा शुक्रबार थप २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४ हजार ७१२ वटा नमूना परीक्षण गर्दा २७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । कोरोनाकै कारण ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २७७ पुगेको मन्त्रलयले जनाएको छ ।

शुक्रबार काठमाडौँ उपत्यकामा ११८ जना कोरोना संक्रमित थपिएका छन् भने काठमाडौंमा ८९, भक्तपुरमा ११ र ललितपुरमा १८ र भक्तपुरमा ११ जना संक्रमित थपिएका छन् । शुक्रबार ७७७ जना संक्रमणमुक्त हुँदा हाल नेपालमा सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *