नेकपा महासचिव ‘विप्लव’का दाजु बिरजंगको निधन

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता चन्द्र बिक्रम चन्द बिरजंगको निधन भएको छ । उनको भारतको भारतको दिल्लीस्थित म्याक्सीस अस्पतालमा शुक्रवार बिहान निधन भएको नेकपा निकट एक नेताले जानकारी दिए ।

नेता चन्द लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्याबाट पीडित थिए । उनको आजै कपिलवस्तुको शिवराजगढीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । कपिलवस्तुको शिवराज गढीका स्थायी बासिन्दा ६१ वर्षीय बिरजंगका दुई छोरा र एक श्रीमती छन् ।

केही महिना अघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा भएका बिरजंग कारागारमा रहँदा समेत पटक–पटक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए । उनी महासचिव विप्लवका सहोदर दाजु हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *