रिहा भइन् रुवी खान

काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि महिला अधिकारकर्मी रुवी खान रिहा भएकी छन् । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खानलाई तत्काल रिहा गर्न आदेश दिएपछि उनी आजै रिहा भएकी हुन् ।

इजलासले रिहा गरेलगत्तै पुनः पक्राउ वा धरपकड नगर्न समेत आदेश दिएको हो । उनको पक्राउविरुद्ध अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

खानलाई बहुविवाहको आरोपमा पक्राउ गरी प्रहरीले नेपालगञ्ज पुर्‍याएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *