ओली झापा पुगे, दसैँको टीका भने नलगाउने

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । बिहीबार (आज) दिउँसो १२ बजे जहाजमार्फत झापा पुगेका ओलीलाई नेता/कार्यकर्ताहरूले स्वागत गरेका छन् ।

त्यहाँ (झापा) रहँदा ओली विभिन्न कार्यक्रमहरूमा सरिक हुनेछन् । आज ओलीले जलपान समारोह आयोजना गरेका छन् । कार्यक्रममा स्थानीय नेता/कार्यकर्ताहरू बोलाइएका छन् ।

उनले दसैँको टीका भने लगाउने छैनन् । ओलीको काकाका छोरा (भाइ) को यसै वर्ष निधन भएकाले उनले टीका भने लगाउने छैनन् । ओलीका बुवा मोहनप्रसाद ओली झापामै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *