आइपिएल

दिल्लीलाई पराजित गर्दै कोलकाता फाइनलमा

काठमाडौँ । कोलकाता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ । दोस्रो क्वालिफायरमा कोलकाताले दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

दिल्लीले दिएको १३६ रनको लक्ष्य पछाएको कोलकाता १९.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गर्दै दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १३५ रन बनाएको थियो ।

यो जितपछि कोलकातमले फाइनलमा चेन्नई सुपरकिंग्ससँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आगामी शुक्रबार हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *