बंगलादेशका गोलकीपरले पाए रातो कार्ड

काठमाडौँ । साफ च्याम्पियनसीपअन्तर्गत भइरहेको नेपाल र बंगलादेशबीचको प्रतिस्पर्धामा बंगलादेशका गोलकीपर जिकोले रातो कार्ड पाएका छन् । गोलकीपर जिकोले डिबक्स बाहिरबाट हातले बल बचाउन खोजेपछि उनलाई रेफ्रीले रातो कार्ड दिएका हुन् ।

उनले रातो कार्ड पाएपछि अब बंगलादेशको टीम १० जनामा सीमित भएको छ । जिकोले खेल सुरु भएको ७८औँ मिनेटमा रातो कार्ड पाएका हुन् ।

माल्दिभ्सको राजधानी मालेमा जारी साफ च्याम्पियनसीपअन्तर्गतको खेलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा नेपाल अहिले १-० ले पछाडि रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *