बंगलादेशविरुद्ध पहिलो हाफमा नेपाल १-० ले पछाडि

काठमाडौँ । साफ च्याम्पियनसीपअन्तर्गत नेपालले अहिले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ । खेलको पहिलो हाफ सकिँदा नेपाल बंगलादेशसँग १-० ले पछि रहेको छ ।

बंगलादेशका खेलाडी सुमन रेजाले खेलको नवौँ मिनेटमा गोल गरी बंगलादेशलाई अग्रता दिलाएका हुन् ।

यसअघि नेपाल भारतसँग १-० को अन्तरमा पराजित भएको थियो । यदि बंगलादेशसँग बराबरी खेलेमा अथवा जित निकालेमा नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *