आईपीएल : दिल्ली कि कोलकाता पुग्ला फाइनल ?

काठमाडौँ । ईन्डियन प्रिमियर लिग आईपीएलमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइटराइडर्स खेल्दैछन् । गत सिजनको फाइनलिस्ट दिल्ली शीर्ष दुईमा थियो । पहिलो क्वालीफायरमा चेन्नाईसँग हारेपछि दिल्लीले दोस्रो क्वालीफायरमा कोलकातासँग खेल्न लागेको हो ।

कोलकाता रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराउँदै दिल्लीसँगको भेट तय गरेको हो ।

कोलकाताले यो सिजनको फेज-२ मा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । यी दुईबीचको विजेताले १५ अक्टोबरमा हुने फाइनलमा चेन्नईसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि २८ सेप्टेम्बरमा दिल्लीसँगको खेलमा कोलकाताले जित निकालेको थियो । दिल्लीले भने यसअघि पहिलो क्वालिफायरमा चेन्नईसँग पराजित हुँदै पहिलो फाइनल पुग्ने मौका गुमाएको थियो ।

त्यसैले दिल्ली दोस्रो अवसर सदुपयोग गर्न चाहन्छ । दिल्ली यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै लिग अंक तालिकामा शीर्ष स्थानमा रहेको थियो ।

दुवै टीम स्टार अलराउन्डरको फिटनेसको समस्यासँग जुधिरहेका छन् । कोलकाताका आन्द्रे रसेल अझै पनि रिकभरी हुने क्रममै रहेका छन् । यद्यपि उनले नेटमा अभ्यास सुरू गरिसकेका छन् । उनी शतप्रतिशत ठिक नभएमा उनको स्थानमा शाकिब अल हसनले नै यो खेलमा मौका पाउने निश्चितप्रायः छ ।

त्यस्तै दिल्लीका अलराउन्डर मार्क्स स्टोइनिसले पनि खेल्ने/नखेल्ने अन्योल छ । ऋषभ पन्तले क्वालिफायर-१ का लागि स्टोइनिस तयार हुने बताएका थिए । तर त्यस्तो भएन । यद्यपी उनी क्वालिफायर-२ मा आउने सम्भावना बलियो छ । यद्यपि उनी फीट नभएमा प्लेईङ-११ मा टम करनको स्थान लिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *