थप ७९२ जनामा कोरोना पुष्टि‚ ९१० संक्रमणमुक्त

काठमाडौँ । नेपालमा मंगलबार थप ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ६० पिसिआर परिक्षणका क्रममा ६ सय ९१ र २ हजार ५ सय ५९ एन्टीजेन परिक्षणका क्रममा १०१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९६ हजार ७ सय ६९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय ५७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ९ सय १० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ७७ हजार ७ सय ४१ संक्रमित निको भएका छन् । हाल नेपालमा १४ हजार ५ सय ५४ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *