एलिमिनेटरमा प्रतिस्पर्धा गर्दै बैंगलोर र कोलकाता

काठमाडौँ । आईपीएल-२०२१ को एलिमिनेटरमा आज (सोमबार)रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइटराइडर्स खेल्दैछन् । यो खेल जित्ने टीमले फाइनल प्रवेशका लागि हुने दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ । पराजित टीम बाहिरिनेछ ।

भारतका विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरले ७ खेलमा ४ जित निकालेको छ । इंग्ल्यान्डका इयोन मोर्गेन कप्तान रहेको कोलकाताले ७ खेलमा ५ जित निकालेको छ । यी दुवै कप्तान आईपीएलपछि हुने टी-२० विश्वकपमा समेत आ-आफ्नो देशको कप्तानी गर्नेछन् ।

जारी सिजन आरसीबी र केकेआरले एक एक खेल जितेका छन् । १८ अप्रिलमा भएको खेलमा आरसीबीले ३८ रनको जित हासिल गरेको थियो भने २० सेप्टेम्बर मा भएको खेलमा कोलकाताले ९ विकेटको जित निकालेको थियो ।

दुवै टीमसँग अनुभवी र खेल जिताउन सक्ने पर्याप्त खेलाडी छन् । केकेआरसँग वेंकट्टेश अय्यर, शुभमन गिल तथा राहुल त्रिपाठी, दिनेश कार्थिकका रुपमा टफ अर्डरका ब्याट्सम्यान हुँदा शकिव अल हसन र सुनील नारेन अलराउन्डरका रुपमा रहेका छन् । त्यस्तै लक्की फर्गुसनले विकेट खेमा धान्नेछन् ।

आरसीबीसँग कप्तान कोहलीसहित देवदत पडिक्कल, एबी डिभिलियर्स तथा ग्लेन म्याक्सवेल रहेका छन् । अघिल्लो खेलमा केएस भरत चम्किएका थिए । त्यस्तै आरसिबीले अलराउन्डर डेनियल क्रिस्टियन, शाहबाज अहमदसँग पनि उतिकै अपेक्षा गरेको छ । मोहम्मद सिराज र युजवेन्द्र चहल फेरि पनि विकेट टेकर हुने विश्वास आरसीबीको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *