मन्त्री श्रेष्ठले सार्वजनिक गरे सम्पत्ति विवरण (सूचीसहित)

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । श्रेष्ठले मन्त्री बनेको ४ दिनपछि सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । अहिलेसम्म कुनै पनि मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । मन्त्री बनेको ६० दिनमा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

मन्त्री श्रेष्ठले सार्वजनिक गरेको जग्गा विवरणमा काठमाडौँका तीन स्थानमा आफ्नो जग्गा रहेको खुलाएका छन् । काठमाडौँ महानगरपालिका वडा ९ मा कित्ता नं. ११४, ०–८–०–० क्षेत्रामा र खरिद मूल्य ७४ लाख ७५ हजार २५६ रुपैयाँ ९९ पैसा रहेको उल्लेख छ ।

त्यस्तै, काठमाडौँ महानगरपालिका वडा नं. ३ मा कित्ता नं. १ सय आठ, ४२९.१४ क्षेत्रमा र खरिद मूल्य ३९ लाख रुपैयाँ रहेको छ भने काठमाडौं महानगरपालिका वडा नं. १ मा कित्ता नं. २१५१, २१५२, २२२७ र २४९४, ०–८–३–३ क्षेत्रमा र खरिद मूल्य ६९ लाख रहेको उल्लेख छ ।

यसैगरी उनले आफ्नो दुई घर रहेको उल्लेख गरेका छन् । काठमाडौँ महानगरपालिका ३ मा साढे दुई तलाको घर र काठमाडौँ महानगरपालिका ९ धापासीमा ७ तलाको व्यवसायिक घर रहेको जनाएका छन् ।

मन्त्री श्रेष्ठले सेयर विवरणमा आफ्नो विभिन्न कम्पनीमा सेयर लगानी रहेको जनाएका छन् । २ करोड १७ लाख २४ हजार ४ सय मूल्य बराबरको सेयर लगानी रहेको उल्लेख गरेका छन् । त्यस्तै, उनले २० वटा व्यवसायिक कम्पनीहरुमा १४ करोड ५६ लाख २६ हजार मूल्य बराबरको लगानी गरेका उल्लेख छ ।

हाल मौज्दातमा रहेको घर तथा जग्गा विवराण्मा जम्मा ९ करोड ६९ लाख ७३ हजार ५० मुल्यबराबरको रहेको उनले सम्पत्ति विवरणमा खुलाएका छन् ।

त्यस्तै, गरगहनामा विवरणमा मन्त्री श्रेष्ठले विवाह दाइजोमा पाएको २० तोला सुन र खरिद गरेको ५० तोला सुन भएको खुलाएका छन् । त्यस्तै उनले बैंक खाता विवरणमा ८ वटा बैंकमा आफ्नो पैसा रहेको खुलाएका छन् ।

अन्य विवरण यहाँ हेर्नुस्ः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *