दिल्लीलाई हराउँदै चेन्नई आईपीएलको फाइनलमा

काठमाडौँ । चेन्नई सुपर किङ्स ईन्डियन प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ ।

आइतबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै चेन्नई फाइनल पुगेको हो ।

१ सय ७३ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा ऋतुराज गायकवाडले ७० रन बनाए ।

दिल्लीले फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल्नेछन् ।

रोबिन उथप्पाले ६३ र कप्तान महेन्द्र सिंह धोनीले अविजित १८ रन बनाए ।

दिल्लीका टम करणले ३ विकेट लिएपनि टिमलाई जिताउन भने सकेनन् । दुबाइमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

दिल्लीका लागि पृथ्वी शले ६० र ऋषभ पन्तले अविजित ५१ रन बनाए । चेन्नईका जोस हाजलउडले २ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *