साफ च्याम्पियनसिप: नेपाल भारतसँग पराजित

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । आइतबारको खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको हो ।

मालदिभ्समा भएको खेलमा भारतलाई जिताउन कप्तान सुनिल क्षेत्रीले ८२ औं मिनेटमा गोल गरे ।

यससँगै प्रतियोगितामा पहिलो जित निकालेको भारतले ३ खेलमा ५ अंक जोडेको छ । भारत अंक तालिकाको तेस्रो स्थानमा समेत उक्लिएको छ ।

प्रतियोगितामा नेपालले भने पहिलो हाफ ब्यहोरेको छ । यसअघिका दुबै खेलमा जीत हात पारेको नेपाल आजको हारपछि पनि तालिकाको शिर्ष स्थानमा कायमै छ ।

नेपालले अन्तिम खेलमा बंगलादेशसँग बुधबार दिउँसो ४:४५ बजे खेल्नेछ ।  नेपालको फाइनल पुग्ने सम्भावना भने कायमै छ ।

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशलाई कम्तिमा बराबरीमा रोक्नुपर्नेछ । यो खेल जिते वा बराबरी खेले नेपाल प्रतियोगिताको फाइनल प्रवेश गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *