बागमती प्रदेश

विश्वासको मतमा मतदान भएन, कात्तिक ४ सम्म बैठक स्थगित

काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा पेस गरेकी छन् । यद्यपि प्रस्तावमाथि छलफल तथा काम/कारबाही भने अगाडि बढेन ।

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रयोजनका साथ प्रदेश सभाको बैठक आइतबार (आज) बोलाइएको थियो । तर, प्रस्तावमा छलफल र मतदान नगरी प्रदेश सभा बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ ।

नेताहरूकाअनुसार मुख्यमन्त्री शाक्यले ४ गते विश्वासको मत लिँदैछिन् । अहिले मुख्यमन्त्री शाक्य स्पष्ट अल्पमतमा छन् । सत्तारुढ दल एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने भएकी हुन् ।

संविधानतः सत्तारुढ दल विभाजन भएपछि नेतृत्वले आफूमाथि सदनको विश्वास भएको पुष्टि गर्नुपर्छ । मुख्यमन्त्री शाक्यले आजै विश्वासको मत लिने भनिए पनि कारबाही अगाडि बढेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *