अछाममा बम विस्फोट, एक जना घाइते

अछाम । अछाममा बम विस्फोट हुँदा एक जना घाइते भएका छन् । जिल्लाको रामारोशन गाउँपालिका-५ पातलमा खेतमा ग्रिनेट बम विस्फोट हुँदा खेतमा काम गरिरहेका ३३ वर्षीय बृख रोकाया घाइते भएका हुन् ।

प्रहरीका अनुसार खेतलमा शनिबार नै बम विस्फोट भएको हो । बम विस्फोटबारे मध्यराति मात्रै खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक (डीएसपी) तुलसी अर्यालले जानकारी दिए ।

उनले सो क्षेत्रमा अरू पनि बम राखेको हुनसक्ने भन्दै त्यसतर्फ डिस्पोजल टोली खटाइएको बताए । उनका अनुसार सो क्षेत्र सशस्त्र द्वन्द्वका बेला माओवादीको लुक्ने रहेकाले अन्य बम पनि हुन सक्ने आशंका गरिएको छ । बम विस्फोटबाट घाइते भएका रोकायाको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *