कतार विश्वकप छनोट : इंग्ल्यान्ड र पोल्यान्डको रवाफिलो जित

काठमाडौँ । आगामी वर्ष कतारमा हुने फिफा विश्वकपका लागि जारी युरोपियन छनोटमा इंग्ल्यान्ड र पोल्यान्डले प्रभावशाली प्रदर्शन गरेका छन्। समूह ‘आई’ अन्तर्गत भएका खेलमा दुवै टोलीले गोल वर्षा गरे।

इंग्ल्यान्डले घरेलु टोली एन्डोरामाथि ५-० को फराकिलो जित निकाल्दा सान मारिनो माथि पोल्यान्ड एकपछिय रुपमा हाबी हुँदै ५-० कै जित आत्मासाथ गर्‍यो। एन्डोराको मैदानमा गोल वर्षा गर्ने क्रममा इंग्ल्यान्डले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा थप ३ गोल थपेको थियो।

इंग्ल्यान्डका लागि चिलवेल,  बुकायो साका,  ट्याम्मी अब्राहम,  जेम्स वार्ड प्रोज र ज्याक ग्रेलिसले समान एक-एक गोल गरे। इंग्ल्यान्डले खेलको १७औँ मिनेटमा बेन चिलवेलको गोलबाट अग्रता लिएको थियो। ४०औँ मिनेटमा फिल फोडेनको पासलाई बुकायो साकाले गोल गर्दा पहिलो हाफमा इंग्ल्यान्ड २-०  ले अघि रह्यो।

५९औँ मिनेटमा सान्चोको पासमा ट्याम्मी अब्राहमले गोल गरेका थिए। त्यस्तै ७९औँ मिनेटमा जेम्स वार्ड प्रोजले पेनाल्टी चुकाएपनि रिवाउन्डमा गोल गर्दै इंग्ल्यान्डलाई फराकिलो अन्तरमा पुर्‍याए। ८६औँ मिनेटमा म्यानचेस्टर सिटी स्टार ज्याक ग्रेलिसले गोल गर्दै इंग्ल्यान्डलाई ५-० को सहज जित दिलाए। जितपछि समूह ‘आई’ मा अपराजित रहेको इंग्ल्यान्ड ७ खेलबाट १९ अङ्क भएको छ। एन्डोरा ३ अङ्क सहित पाचौँ स्थानमा रहेको छ।

पोल्यान्डको रवाफ

फिफा विश्वकप छनोट अन्तर्गत शनिवार नै भएको खेलमा सान मारिनोमाथि पोल्यान्डले सानदार जित निकाल्यो। घरेलु मैदानमा शनिवार राति भएको खेलमा पोल्यान्डले सान मारिनोलाई ५-० ले पराजित गरेको थियो।

पोल्यान्डको जितमा कारोल स्वीर्डेस्की, थोमस केड्जिओरा, एडाम बुस्का र क्रिस्टोफ पियाटेकले गोल गर्दा एक गोल उपहार पाएको थियो।जितसँगै पोल्यान्ड ७ खेलबाट १४ अङ्क जोडेर तेस्रो स्थानमा यथावत् रहेको छ।

पराजित सान मारिनो अङ्कविहीन हुँदै पुछारमा छ। यो समूहमा इंग्ल्यान्ड अपराजित रहँदै शीर्ष स्थानमा छ। अल्वानिया १५ अङ्क जोडेर दोस्रो स्थानमा रहँदा १४ अङ्क जोडेको पोल्यान्ड तेस्रो र  १० अङ्क सहित हंगेरी चौथो स्थानमा रहँदा एन्डोरा ३ अङ्क जोडेर पाचौँ स्थानमा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *