गजेन्द्रको नियुक्तिबारे गगनको असन्तुष्टि, भन्छन्- इतिहासबाट शिक्षा नलिने नै हो ?

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता गगन थापाले सांसद नभएका ब्यक्तिलाई मन्त्रीमण्डलमा समावेश गरिएको बारे असन्तुष्टि जनाएका छन् । शनिवार  ट्वीट गर्दै गगनले विगतबाट शिक्षा नलिन हामी अभिसप्त नै भएका हौँ त ? भनेर प्रश्न गरेका छन् । उनले कानूनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्ने पनि बताएका छन् ।

उनले लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेर मात्र नपुग्ने भन्दै यस्ता विषय जनताबाट समेत अनुमोदित हुने पर्ने बताएका छन् ।

उनले लेखेका छन् , ‘हामी इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो ? लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेर मात्र पुग्दैन। त्यस्तो निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सके मात्र त्यसले वैधता पाउँछ। नत्र कानूनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म  लखेट्छ भन्ने खै हेक्का राखेको ?’

सरकारले शुक्रवार सांसद नै नरहेका प्रधानन्यायाधीश चोलेन्द्र समसेर राणाका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएपछि थापाको यस्तो अभिव्यक्ति आएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले हमाललाई शुक्रवार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्री देउवाको उक्त निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *