७६४ संक्रमित थपिँदा १० जनाको मृत्यु

काठमाडौँ । नेपालमा शुक्रबार थप ७ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार ४ सय ६६ वटा पीसीआर परीक्षणका क्रममा ७ सय १५ जना र १ हजार २ सय २२ एन्टीजेन परीक्षणका क्रममा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९३ हजार ८ सय ३६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ११ हजार २ सय १० जनाको कोरोनाका कारण मृत्यु भएका छ । त्यस्तै थप १ हजार ३३ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७४ हजार १ सय ७३ संक्रमित निको भएका छन् ।

त्यस्तै हाल १५ हजार ६ सय १४ संक्रमित आइसोलेसन र २ सय ४१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *