यस्तो बन्यो देउवा नेतृत्वको मन्त्रिपरिषद्

काठमाडौँ । आफू प्रधान मन्त्रीमा नियुक्त भएको ८८ दिनपछि शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । गत असार २८ गते प्रधान मन्त्री बनेका देउवाले शुक्रबार (आज) मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

देउवा नेतृत्वको मन्त्रिपरिषद्‌मा बालकृष्ण खाँण (गृह), ज्ञानेन्द्रबहादुर कार्की (सञ्चार), पम्फा भुसाल (ऊर्जा), राजेन्द्रप्रसाद श्रेष्ठ (संघीय मामिला तथा सामान्य प्रशासन), विरोध खतिवडा (स्वास्थ्य तथा जनसंख्या), जनार्दन शर्मा (अर्थ), मीनेन्द्रप्रसाद रिजाल (रक्षा), उमाकान्त चौधरी (खानेपानी), नारायण खड्का (परराष्ट्र), रेणुकुमारी यादव (भौतिक पूर्वाधार तथा यातायात), प्रेमबहादुर आलो (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), दिलेन्द्रप्रसाद बडू (कानून, न्याय तथा संसदीय मामिला), देवेन्द्र पौडेल (विज्ञान, शिक्षा तथा प्रविधि), महिन्द्रराय यादव (कृषि तथा पशुपंक्षी विकास), उमा रेग्मी (महिला, बालबालिका तथा जेष्ठ नागरिक), शशी श्रेष्ठ (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण), रामकुमारी झाँक्री (सहरी विकास), गजेन्द्रबहादुर हमाल (उद्योग, वाणिज्य तथा आपूर्ति), रामसहाय प्रसाद यादव (वन तथा वातावरण), कृष्णकुमार श्रेष्ठ (श्रम, रोजगार तथा सामाजिक सुरक्षा) र महेश्वरजंग गहतराज (युवा तथा खेलकुद) छन् ।

यस्तै राज्यमन्त्रीहरूमा उमेश श्रेष्ठ (प्रधान मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय), भवानीप्रसाद खापुङ (स्वास्थ्य तथा जनसंख्या) र बोधमायाकुमारी यादव (शिक्षा, विज्ञान तथा प्रविधि) रहेका छन् ।

देउवा नेतृत्वको सरकारमा गैरसांसद गजेन्द्र हमाल पनि मन्त्री बनेका छन् । उनी अहिले कुनै पनि संघीय संसद्को सदस्य छैनन् । उनी प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान हुन् । हमाल कांग्रेसको राजनीतिमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *