सरकारले दोहोर्‍यायाे- ‘मन्त्रिपरिषद्‌मा प्रधान न्यायाधीशले भाग खाेजेकाे होइन’

काठमाडौँ । सरकारले मन्त्रिपरिषद्‍मा प्रधान न्यायाधीशले भाग मागेको भन्ने विषयमा कुनै सत्यता नरहेको दोहोर्‍याएका छ । यसअघि पनि सरकारका प्रवक्तासमेत रहेका कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधान न्यायाधीशले भाग खाेजकाे विषयमा सत्यता नभएकाे बताएका थिए ।

शुक्रबार (आज) बसेको प्रतिनिधि सभाको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधान न्यायाधीशले सरकारमा भाग मागेको भन्ने आएको भन्दै सरकारको ध्यानाकर्षण गरेका थिए । त्यसपछि जवाफ दिँदै कार्कीले यस्तो बताएका हुन् । ‘प्रधान न्यायाधीशले मन्त्रिपरिषद्‍मा भाग खोजेको सत्य होइन,’ कार्कीले भने, ‘यो होइन ।’

यसअघि विभिन्न सञ्चारमाध्यमहरूमा प्रधान न्यायाधीशले मन्त्रिपरिषद्‌मा भाग खोजेको भन्ने समाचार सार्वजिनक भएका थिए । उक्त समाचारको खण्डन सर्वोच्च अदालतले समेत गरेको थियो भने बार एशोसिएसनले भने प्रधान न्यायाधीश मन्त्रिपरिषद् विस्तारसँग जोडिनु असंवैधानिक भनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *