जसपाले बुझायो प्रधान मन्त्रीलाई ४ मन्त्रीको नाम

काठमाडौँ । सत्तासाझेदारी दल जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो दलबाट सरकारमा सहभागी हुने नेताहरूको नाम टुङ्ग्याएको छ ।

नेता ईस्तियाक रायन राईकाअनुसार अध्यक्ष उपेन्द्र यादवले मन्त्री टुङ्ग्याएका हुन् । जसपाले प्रदेश नं. २ बाट रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्री बन्दैछन् ।

यस्तै बागमती प्रदेशबाट राजेन्द्र श्रेष्ठ मन्त्री बन्दैछन् । उनीहरूलाई कुन कुन मन्त्रालय दिएर सरकारमा पठाउने भन्नेबारे भने छलफल भइरहेको नेता राईले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *