एकीकृत समाजवादीकाे ११ सदस्यीय सचिवालय गठन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले  ११ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । स्थायी कमिटीको बैठकले पदाधिकारी र स्थायी कमिटीको संख्या धेरै भएपछि आवश्यक निर्णय गर्ने माथिल्ली निकायका रूपमा सचिवालय गठन गर्ने निर्णय गरेको हो ।

बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा बनेको सचिवालयमा वरिष्ठ नेता झलनाथ खनाल नेताहरू मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, प्रमेश हमाल, जयन्ती राई, बेदुराम भुसाल जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र गंगालाल तुलाधर रहने निर्णय गरेको हो ।

बैठकले महासचिव बेदुराम भुसालको नेतृत्वमा केन्द्रीय कार्यालय पनि गठन गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *