भारत-श्रीलंकाको खेल बराबरी, नेपाललाई फाइदा

काठमाडौँ । दक्षिण एसियाको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसीपमा भारतले श्रीलंकासँग बराबरी खेलेको छ ।

मालेस्थित राष्ट्रिय स्टेडियममा बिहीबार भएको खेलमा भारत श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको हो ।

भारतको बराबरीले नेपाललाई फाइदा पुगेको छ । नेपाल २ खेलमा ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । नेपाल यसपटक फाइनल दाबेदारीमा अहिलेसम्म सर्वाधिक अघि छ । नेपालले अब भारत र बंगलादेशसँग खेल्न बाँकी छ ।

बिहीबारको खेलमा भारतले अधिकांश समय खेल नियन्त्रणमा राखेपनि गोल भने गर्न सकेन । श्रीलंकाले पनि गोलका केही अवसर खेर फालेको थियो ।

जारी प्रतियोगितामा भारतको यो लगातार दोस्रो बराबरी हो । यसअघि भारतले बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको थियो ।

बराबरीसँगै भारतले २ खेलमा २ अंक जोडेको छ । भारत तालिकाको तेस्रो स्थानमा छ । बराबरीले भारतको फाइनल यात्रालाई कठिन बनाउँदै लगेको छ । श्रीलंकाको भने यो पहिलो अंक हो । चौथो स्थानको श्रीलंकाको ३ खेलमा १ अंकमात्र छ । श्रीलंका अघिल्लो दुई खेलमा पराजित भएको थियो ।

बंगलादेश र माल्दिभ्सबीचको खेलले साफ च्याम्पियनसीपको फाइनल समीकरण थप स्पष्ट पार्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *