एकीकृत समाजवादीले चुनाव चिह्न कलम राख्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ । यसको जानकारी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दिएका हुन् । उनकाअनुसार पार्टीले आफ्नो चुनाव चिह्नको रूपमा कलम राखेको हो ।

बिहीबार (आज) बसेको स्थायी कमिटी बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको हो । यसका लागि कानुनी प्रक्रिया छिट्टै टुंग्याउने खतिवडाले बताए ।

बैठकले चार पदाधिकारी मनोनयनसमेत गरेको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई उपमहासचिव तथा गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत् विश्वासीलाई सचिवमा मनोनित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *