धनगढीबाट ब्राउन सुगरसहित एक महिला पक्राउ

धनगढी । कैलाली प्रहरीले धनगढीबाट ब्राउन सुगरसहित एक महिलालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका साढे ४ बजे डडेल्धुराको अजयमेरु गाउँपालिका-४ घर भई हाल धनगढी उप-महानगरपालिका-१३ राजपुरमा कोठा गरी बस्ने वर्ष ३४ वर्षीया आशा विष्टलाई पक्राउ गरेको हो ।

उनको कोठाबाट ९ ग्राम २७० मिलिग्राम ब्राउन सुगर र ४४ ग्राम ७७० मिलिग्राम चरेस, १२ हजार दुई सय नेपाली रुपैयाँ र चेक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।

उनलाई लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *