एकीकृत समाजवादीमा मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई

काठमाडौँ । सत्तासाझेदारी दल नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपाललाई दिएको छ । बिहीबार (आज) बसेको स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा नेपाललाई दिएको नेता विराेध खतिवडाले बताए ।

एकीकृत समाजवादीले ४ मन्त्रालय पाउने टुङ्गो लागिसकेको छ । यद्यपि नेपालले यो संख्यामा असन्तुष्टि जनाएको श्रोतले बताएको छ । यो विषयमा सत्तारुढ गठबन्धनको बैठकमा छलफल गरिने एक नेताले बताए । नेताहरूले आजै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । त्याेभन्दा अगाडि सत्तारुढ गठबन्धनकाे बैठक बस्दैछ । उक्त बैठकमा याेबारेमा समेत छलफल हुने बताइएकाे छ ।

सत्तारुढ दलहरूबीच एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति छ । तर, मन्त्रालयको टुङ्गो लागिसकेको छैन । यसबारेमा जारी सत्तारुढ गठबन्धनमा सहमती जुट्ने बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *