क्रिकेटको नयाँ प्रशिक्षकका लागि १ हप्ताभित्र आवेदन खुल्ने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले रिक्त रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको पदपूर्तिका लागि एक हप्तामा आवेदन खुल्ला गर्ने भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले अबको १ हप्ताभित्र १५  दिनको समयसिमा राखेर नयाँ प्रशिक्षकका लागि आवेदन खुल्ला गर्ने निर्णय गरेको हो ।

क्यानकाअनुसार बैठकले उपाध्यक्ष राजुबाबु श्रेष्ठ र  सचिव अशोकनाथ प्याकुर्‍यालले पदबाट दिएको राजीनामा स्वीकृत गर्दै केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ललाई कार्यवाहक महासचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।

बैठकले आउँदो नोभेम्बर महिनामा युएईमा हुने आइसिसी महिला टी ट्वेण्टी विश्वकप एसियाली छनोटका लागि नेपाली राष्ट्रिय महिला टिमको बन्द प्रशिक्षण यही अक्टोबर २० देखि शुरू गर्ने निर्णय पनि गरेको छ ।

बैठकले आउँदो डिसेम्बर १५ तारिखभित्र संघको वार्षिक साधारणसभा सम्पन्न गर्ने, कालिकोट, सल्यान, दैलेख र रुकुम पश्चिमलाई मान्यता दिने, भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगकाे सहकार्यमा संघले नेपाल टी ट्वेण्टी लिग आयोजना  ागर्ने गरी गरेको सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *