‘एमाले पतनको दिशामा गइसक्यो’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पूर्वदल नेकपा (एमाले) सबै हिसाबले पतनको दिशमा गएको बताएका छन् । बिहीबार (आज) एमाले परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका नेता भानुभक्त जोशीलाई स्वागत गर्दै नेपालले भने, ‘एमाले सबै हिसाबले पतनको दिशामा गइरहेको व्यहोरा हामीले सुन्यौँ ।’

नेपालले एमालेले विभिन्न ठाउँमा भ्रम सिर्जना गरिरहेको बताउँदै त्यहाँबाट सचेत रहनसमेत आग्रह गरे । ‘त्यो अवरोधहरूलाई हटाउनुपर्छ,’ नेपालले भने, ‘त्यसपछि पार्टीपङ्तिलाई कम्युनिष्ट आन्दोलनमा संलग्न गराउनुपर्नेछ । एमाले सम्पूर्ण रूपले कम्युनिष्ट आन्दोलनबाट च्यूत भइसकेको छ । केपी ओली च्यूत भइसकेका छन् ।’

ओलीमा व्यक्तिवाद हाबी भएकोसमेत नेपालको भनाइ थियो । ‘केपी ओली वैचारिक विचलनमा गइसकेका छन् । उनले राष्ट्रियताको सवालमा आत्मसर्पण अख्तियारी गरेका छन् ।’ यस्तै नेपालले एमालेमा सामूहिकता, विचार र सिद्धान्त केही नभएकाे बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *