आज मन्त्रीहरूको शपथ हुन्छ : प्रचण्ड

काठमाडौँ । सत्तासाझेदारी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार (आज) मन्त्रीहरूको शपथ हुने बताएका छन् । आफ्नो दलले मन्त्रीको नाम टुङ्ग्याएको जानकारी दिँदै प्रचण्डले मन्त्रिपरिषद् आजै विस्तार हुने र शपथ ग्रहणसमेत हुनसक्ने सम्भावना उच्च रहेको बताए ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले भने— ‘आज शपथ ग्रहण हुन्छ होला, क्याबिनेटले पूर्णता पाउँछ होला ।’ प्रचण्डले यस्तो विश्वास गरेपनि अन्य दलहरूले मन्त्रीको नाम टुङ्ग्याउनै सकेका छैनन् ।

यसपछि मन्त्रिपरिषद् विस्तारमा अझै विलम्ब हुने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *