मुख्यमन्त्रीलाई कारबाहीको माग गर्दै जनमत पार्टीद्वारा अख्तियार घेराउ

जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालय घेराउ गरेको छ । बुधबार जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले भ्रष्टाचारीलाई कारवाहीको मागसहित प्रदर्शन गर्दै घेराउ गरेको हो ।

गतबुधबार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियारले छापा मारेको विषयलाई समर्थन गर्दै कारबाहीका लागि दबाब स्वरुप जनमत पार्टीले घेराउसहित प्रदर्शन गरेको बुझिएको छ ।

जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले ‘प्लेकार्ड’ र ब्यानरसहित बर्दिबास पुगेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सत्यतथ्य छानबिन गर्न ध्यानकर्षण गराएको पार्टीले जनाएको छ । प्रदर्शनकारीहरूले ‘भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्ट सरकार राजीनामा दे, मधेशी जनता के भन्छ ? भ्रष्टाचारीलाई जेल दे भन्छ‚ र सत्यतथ्य छानबिन गर’लगायतका नारासहितको प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

यसअघि जनमत पार्टीले सोमबार जनकपुरमा प्रदर्शन गर्दै जनकपुरधाम उपमहानगपालिकामा तोडफोड र तालाबन्दी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *