प्रकाशमान र विप्लवबीच भेटवार्ता
२०७८ असोज २० गते

|कांग्रेस नेता प्रकाशमान सिंह र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच चाक्सीबारीमा भएको भेट । तस्बिरः यूपी लामिछाने|
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । दुई नेताबीच सिंहनिवास चाक्सीबारीमा भेट भएको सिंहका प्रेस सहयोगी यूपी लामिछानेले बताए ।
लामिछानेकाअनुसार उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । ‘भेटमा पछिल्लो मुलुकको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल भयो,’ लामिछानेले भने, ‘नयाँ विषयहरू केही छैनन् ।’
झन्डै दुई वर्षको आफ्नो पार्टीमाथिको प्रतिबन्ध हटेपछि विप्लवले शीर्षस्थ दलका नेताहरूसँग भेट्दै आएका छन् ।
२०७८ असोज २० गते
प्रतिक्रिया
सम्बन्धित








