३३ किलो सुन तस्करी र सनम हत्याकाण्डमा गोरेसहित ६ जनालाई जन्मकैद

काठमाडौँ । साढे ३३ किलो सुनसहितको ३८ किलो सुन तस्करी तथा सनम शाक्यको हत्या प्रकरणका अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित ६ जनालाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला सुनाएको छ । सुन काण्ड र शाक्य हत्याको मुद्दामा अदालतले गोरेसहित ६ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।

जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले चूडामणि उप्रेती ‘गोरे’, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो ।

यस्तै, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई अपहरण तथा शरीर बन्धकमा पनि सजाय गरिएको छ ।

फरार २२ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको छ । अन्य आरोपीलाई भने अदालतले सफाइ दिएको छ । उनीहरूलाई प्रमाण अभाव भएको भन्दै सफाइ दिइएको हो । सजाय पाएकाहरू सुन तस्करीका भरिया रहेका भनिएका शाक्यको हत्यामा संलग्न पाइएको अदालतले फैसला गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + seventeen =