नर्भिकमा मूत्र र श्वासप्रश्वास रोगको फ्री ओपीडी हुने

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत असाेज २३ गते शनिवार दुई फरक विज्ञहरुको टाेलीले निःशुल्क सेवा दिइने भएको छ ।
नर्भिक अस्पतालमा रहेको यूरोलोजिष्टको टाेली र श्वासप्रश्वास विशेषज्ञको टाेलीले निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको हो ।
यूरोलोजिष्टको पूरा टाेली नै सहभागी भई निःशुल्क ओपीडी सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ । यो टाेलीले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म मूत्र तथा मूत्रनलीसँग सम्बन्धित समस्या भएकाहरुको निःशुल्क जाँच गर्नेछ ।
यस्तै, बिहान १० देखि १२ बजेकै समयमा अस्पतालका छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. अच्युतभक्त आचार्यले निःशुल्क ओपीडी सञ्चालन गर्नेछन् । छाती तथा श्वासप्रश्वाससँग सम्बन्धित समस्या भएकाले डा. आचार्यको ओपीडी क्लिनिकमा सहभागी भएर लाभ लिन सक्नेछन् ।
नर्भिकले केही महिनाअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेस्पोन्सिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकमार्फत फ्री ओपीडी सेवा प्रदान गर्दै आएको छ ।
निःशुल्क ओपीडी सेवा लिन नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ तथा एक्सटेन्सन नम्बर १०१८ मा समेत फोन गरेर आफ्नो नाम टिपाउन सकिने अस्पतालले जनाएकाे छ ।








